सचिव र सहसचिवलाई व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन
काठमाडौं , फागुन ३० । नेपाल सरकारका सचिव र सहसचिवलाई ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न राष्ट्रिय किताबखानाले निर्देशन दिएको छ ।
निजामती किताबखानाले संघीय निजामती सेवा ऐन जारी हुन लागेको बेला सचिव तथा सहसचिवसरह राजपत्रांकित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीलाई आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने सूचना जारी गरेको हो ।
सरकारले कर्मचारीको सरुवा, बढुवा र पदस्थापन विज्ञताका आधारमा गर्ने तयारी गरेपछि किताबखानाले यस्तो सूचना जारी गरेको राष्ट्रिय किताबखानाका महानिर्देशक डा। टोकराज पाण्डेले जानकारी दिए।
उहाँका अनुसार कतिपय कर्मचारीको सुरू सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको र सरुवा, बढुवाको विवरणसमेत अद्यावधिक नरहेकाले यस्तो सूचना जारी गरी विवरण अद्यावधिक गर्न लागिएको हो ।
यो निर्णय सबै सेवा समूहका कर्मचारीका लागि लागू हुनेछ ।














प्रतिक्रिया दिनुहोस्