माओवादी धारका पार्टीहरुले नागरिक अगुवा र बुद्धिजीविहरुसँग छलफल गर्दै
काठमाडौं, फागुन ३० । आज माओवादी धारका नेताहरुले नागरिक अगुवा र बुद्धिजीविहरुसँग छलफल गर्दैछन्।
विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका पार्टीहरुले आज बुद्धिजीवि र नागरिक अगुवाहरुसँग छलफल गर्न लागेका हुन्।
गत २६ गते बसेको माओवादी धारका पार्टीहरुको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीविहरुसँग छलफल, अन्तरक्रिया गर्ने निर्णय गरेको थियो।
सोही अनुसार फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन् भने आज नागरिक अगुवाहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।















प्रतिक्रिया दिनुहोस्