नवनिर्वाचित राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन

काठमाडौं, फागुन २७ ।  नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको दर्शन गरेका छन् । शुक्रबार बिहान राष्ट्रपति पौडेलले पशुपतिनाथको दर्शन गरेका हुन् ।

पौडेलले पशुपतिनाथको दर्शन गरी प्रसाद ग्रहण गरेका छन् । सो क्रममा राष्ट्रपति पौडेलले पशुपतिनाथ परिसरमा पुजा गरेका थिए ।

राष्ट्रपति पौडेल पशुपति नाथको दर्शन गर्न जाँदा रातोकार्पेट भने विच्छ्याइएको थिएन् । यसअघि राष्ट्रपति पशुपति दर्शन गर्न जाँदा रातोकार्पेट विच्छ्याइने चलन थियो ।

पशुपतिनाथको दर्शनअघि पौडेलले गौशालास्थित गुहेश्वरी मन्दिरको दर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्