राष्ट्रपति निर्वाचनको मतगणना सुरु, कस्ले मार्ला बाजी?

काठमाडौं, फागुन २५ ।  राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा केहीबेर अघि मतगणना सुरु भएको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत अमृता भण्डारीले जानकारी दिइन् ।

राष्ट्रपति चयनका लागि बिहीबार १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । संघीय संसदतर्फ ३ सय १३ र प्रदेशसभातर्फ ५ सय १८ मतदान भएको छ ।

प्रतिक्रिया दिनुहोस्