राष्ट्रपति निर्वाचनको मतदान सकियो, ४ बजेदेखि मतगणना

काठमाडौं, फागुन २५ ।  राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । चुनावको मतगणना ४ बजेपछि हुने भएको छ ।

राष्ट्रपति उमेदवारका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले गरेको मतगणना सम्बन्धि बैठकमा दिउँसो ४ बजेदेखि मतगणना शुरु गर्ने सहमति भएको हो ।

आजै विजयी उमेदवारलाई प्रमाणपत्र दिने निर्णय गरिएको छ । मत गणनाका क्रममा स्वस्तिक छाप लगाएका मतपत्रलाई मात्र मन्यता दिने सहमति गरिएको छ । यस्तै, कोठाबाहिरको मतसंकेतलाई बदर मान्ने सहमति भएको छ ।

संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरूको मत अलग–अलग गणना गरिनेछ । मतगणनास्थलमा उमेदवारका तर्फबाट एक-एक जना मात्र प्रतिनिधि राख्ने सहमति पनि भएको छ ।

नयाँ राष्ट्रपतिका लागि आठदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्