राष्ट्रपति निर्वाचनमा खस्यो ८१२ मत, मतदान गर्ने क्रम जारी
काठमाडौं, फागुन २४ । राष्ट्रपतिको निर्वाचनमा केहीबेरअघि अर्थात् पौने २ बजेसम्म कुल ८१२ मत खसेको छ ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार संघतर्फ २९७ र प्रदेशतर्फ ५१५ मत खसेको हो ।
संसद भवन नयाँ बानेश्वरमा जारी मतदान कार्यक्रममा अहिले सांसदहरुले मतदान गर्ने क्रम जारी छ । दिउँसो ३ बजेसम्म मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता सांसदले मात्रै मतदान गर्न पाउने छ ।
राष्ट्रपतिको चुनावी मैदानमा कांग्रेस नेता रामचन्द्र पौडेल र एमाले नेता सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा भइरहेको छ ।















प्रतिक्रिया दिनुहोस्