राष्ट्रपति निर्वाचन अपडेट: ६ सय ९४ मत खस्यो, मतदान जारी

काठमाडौं, फागुन २४ । राष्ट्रपति निर्वाचनका लागि जारी मतदानअन्तर्गत दिउँसो १ बजेसम्म छ सय ९४ मतदान भएको छ।

निर्वाचनमा सङ्घीय संसद्का सदस्यतर्फ दुई सय ८५ र प्रदेशसभातर्फका चार सय नौ सदस्यले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बिहान १० बजेदेखि मतदान सुरु भएको हो।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसबाट वरिष्ट नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवाचन्द्र नेम्बाङले उम्मेदवारी दिएका छन् । मतदान जारी छ ।

प्रतिक्रिया दिनुहोस्