राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिने रास्वपाको औपचारिक निर्णय
काठमाडौं, फागुन २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रामचन्द्र पौडेललाई मतदान गर्ने औपचारिक निर्णय गरेको छ ।
बिहीबार मध्यान्ह बसेको पार्टीको बैठकले पौडेललाई मत दिने निर्णय गरेको हो ।
यसअघि सत्ता पक्षीय ८ दलीय गठबन्धनका साझा उम्मेदवार रहेको पौडेलललाई नेसपाले पनि मत दिने निर्णय गरेको थियो । रास्वपासहित पौडेललाई १० दलले मत दिने औपचारिक निर्णय गरेका हुन् ।
यसअघि रास्वपाले कुनै निर्णय नगरी मतदान गर्ने दिन नै यसबारे निर्णय लिने बताउँदै आएकाे थियाे ।
निर्वाचनमा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ चुनानी प्रतिस्पर्धामा छन् ।















प्रतिक्रिया दिनुहोस्