राष्ट्रपति निर्वाचन: ६ सय बढीले गरे मतदान
काठमाडौं , फागुन २४ । नयाँ राष्ट्रपति पदको निर्वाचनमा बिहीबार दिउँसो साढे १२ बजेसम्म ६ सय ३ जनाले मतदान गरेका छन् ।
बिहीबार दिउँसो १२ः३५ बजेसम्म संघीय संसदका २ सय ६७ र प्रदेश सभाका ३ सय ३६ जना सदस्यले मतदान गरेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयले जनाएको हो । राष्ट्रपति पदको निर्वाचनमा बिहीबार बिहान १० बजेदेखि संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान जारी रहेको छ ।
संघीय संसद र प्रदेश सभा सदस्य गरी ८ सय ८३ जना मतदाता रहेका छन् । राष्ट्रपतिको निर्वाचन बिहीबार दिउँसो ३ बजेसम्म संचालन हुने भएको छ ।















प्रतिक्रिया दिनुहोस्