राष्ट्रपतिका दुई उम्मेदवारले गरे मतदान

काठमाडौं , फागुन २५ । आगामी नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान जारी छ।

राष्ट्रपतिका दुई उम्मेदवारहरुले पनि मतदान गरेका छन्। आज बिहान १० बजेदेखि सुरु भएको मतदानमा राष्ट्रपति पदका उम्मेदवार एवं नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र अर्का उम्मेदवार नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङले आफ्नो मत खसालेका छन्।

अन्य सदस्यहले मतदान गर्ने क्रम जारी छ।, मतदान दिउँसो ३ बजेसम्म हुने छ।

प्रतिक्रिया दिनुहोस्