प्रविधिमा महिलाको पहुँच अपेक्षा अनुसार बिस्तार हुन सकेनः मन्त्री शर्मा
काठमाडौं, फागुन २४ । सञ्चर तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिमा महिलाको पहुँच अपेक्षा अनुसार बिस्तार हुन नसकेको बताएकी छिन्।
बुधवार ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
उनले वर्तमान समयको अनिवार्य आवश्यकताको रुपमा विकास भएको प्रविधिमा महिलाको पहुँच वृद्धि गरी सुरक्षा सम्मान र रोजगारीको विशेष व्यवस्था गर्न जरुरी रहेको उल्लेख गरिन्। पछिल्लो समयमा सूचना प्रविधिको विकासले विश्वको स्वरुप नै परिर्वतन भएको उल्लेख गर्दै महिलाहरुमा अझैपनि हरेक क्षेत्रमा सहजता हुन नसकेको उनको भनाइ थियो।
उनले सूचना तथा प्रविधिको बढ्दो प्रयोग निरन्तर विकास र गतिशिलताबाट प्राप्त अवसरहरुमा महिलाको सहभागिता अभिवृद्धि हुँदै गएपनि प्रविधिको दुरुपयोगलाई रोक्नुको साथै साइबर सुरक्षा र सरकारी डाटाको सुरक्षा सम्बन्धि विषयमा ध्यान केन्द्रित गर्नु जरुरी देखिएको बताइन्।
\उनले डिजिटल प्रविधिको उपयोगमा महिलाको पँहुच बिस्तार गरी सेवा प्रवाह उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्दै राज्यका सबै तह र क्षेत्रमा महिलाहरुको सहभागितासहित समानता कायम गरी न्याय र समानतामा आधारित समृद्ध राष्ट्र निर्माण गर्ने सबैको ध्यान पुग्न जरुरी रहेको उल्लेख गरिन्।














प्रतिक्रिया दिनुहोस्