प्रधानमन्त्री दाहाल र विप्लवबीच भेटवार्ता

काठमाडौं, फागुन २४ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रमचन्द विप्लवबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री दाहाल र विप्लवबीच भेटवार्ता भएको बताईएको छ । भेटमा पछिल्लो विकसित देशको राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल र समीक्षा भएको विप्लवको सचिवालयले जनाएको छ।भेटमा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसमेत थिए।

अदातलमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालविरुद्ध मुद्दा दर्ता भएपछि माओवादी घटकको निकटता बढ्दै गएको छ।द्वन्द्वकालका मुद्दा अदालतमा लगिएको भन्दै हिजो माओवादी घटकका ८ दलले संयुक्त विज्ञप्ती जारी गर्दै संयुक्त रुपमा प्रतिवाद गर्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्