संविधानका केही प्रावधान अस्पष्ट, मस्यौदा समिति नै अलमलमा

काठमाडौं । संविधानमा कतिपय प्रावधान अस्पष्ट भएको भन्दै संघीय संसदको नियमावली मस्यौदा समिति अलमलमा परेको छ ।

फागुन २२ गते प्रतिनिधिसभाले १३ र राष्ट्रियसभाले ९ सदस्यीय मस्यौदा नियमावली समिति बनाएको थियो ।

दुवै सभाले नियमावली टुंगो लगाइसकेको बताएका थिए । केही विषयमा संविधानमा लेखिएका प्रावधान अस्पष्ट भएको भन्दै समितिले नियमावली टुंगो लगाउन सकेका छैनन् ।

राष्ट्रिसभा नियमावली मस्यौदा समितिका संयोजक परशुराम मेघी गुरुङले भने,

-हामीले संविधानमा भएका व्यवस्थालाई मान्नुपर्छ ।

-तर, त्यहीँ नै प्रष्ट नभएपछि के गर्ने अन्योल छ ।

-यसबारे अब अन्य विज्ञसँग पनि छलफल गर्ने पक्षमा छौँ ।

-प्रतिनिधिसभाको नियमावलीमा छुटेका बुँदालाई पनि हामी समेट्छौँ ।

प्रतिक्रिया दिनुहोस्