ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने

काठमाडौं, फागुन २३ ।  सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेलहुनेछ।

जसमा एक खेल एन्फा कम्प्लेक्स सातदोवाटो र एक खेल च्यासल मैदानमा हुनेछ ।एन्फा कम्प्लेक्समा सातदोवाटोमा चर्च ब्वाइज युनाईटेड र एफसी खुमलटारबीच खेल हुनेछ । यी दुईबीचको खेल दिउँसो २:३० बजे बाट सुरु हुनेछ ।

यसअघि पहिलो खेलमा चर्चले पुलिस क्लबलाई हराएको थियो ।खुमलटारले पनि पहिलो खेलमा फ्रेन्ड्सलाई हराएको थियो ।चर्च ब्वाइज ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ । खुमलटार ३ अंक जोडेर पाचौं स्थानमा रहेको छ ।

त्यसैगरी च्यासल मैदानमा फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।यस अघि फ्रेन्ड्सले पहिलो खेलमा खुमलटारसँग तथा थ्री स्टारले एपीएफ क्लबसँग हार व्यहोरेको थियो ।

दशरथ रंगशाला त्रिपुरेश्वर सहित तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको छ । यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

फेयर प्ले टोलीले ३ लाख पाउने छन् ।मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्