आइसीसी लिग–२ : पपुवा न्युगिनीसँग युएई फेरि पराजित, नेपाललाई फाइदा
काठमाडौं , फागुन २१ । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी नेपाल, युएई र पपुवा न्युगिनी सम्मिलित विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको आज (आइतबार) को खेलमा पपुवा न्युगिनी विजयी भएको छ ।
श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनीले युएईलाई पाँच विकेटले पराजित गरेको हो । पपुवा न्युगिनीसित युएई घरेलु मैदानमा लगातार पराजित भएको हो ।
योसँगै युएईले ३१ खेलबाट ३१ अङ्क जोडेको छ । युएई लिगको पाँचौं स्थानमा कायमै छ । नेपाल लिगको छैटौं स्थानमा छ । नेपालले ३१ खेलबाट ३० अङ्क जोडेको छ । पपुवा न्युगिनीले ३२ खेलबाट मात्र नौ अङ्क जोडेको छ । पपुवा न्युगिनी लिगको पुछारमा छ ।
श्रृङ्खलाको अन्तिम खेलमा सोमबार नेपाल र युएईबीच प्रतिस्पर्धा हुनेछ । यस्तोमा आइतवार यूएईले पीएनजीसँग हार व्यहोर्दा एक दिवसीय मान्यता जोगाइरहन नेपाललाई सजिलो भएको छ । त्यसका लागि अब नेपालले बाँकी ५ मध्ये ३ खेल जित्नु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्