सत्ताको मात्रै राजनीतिक गरिरहँदा देशको स्वाधीनता गुम्छ : अध्यक्ष ओली

काठमाडौँ , फागुन २१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताका लागि मात्रै राजनीतिक दलहरुले राजनीतिक गरे देशको स्वाधीनता नै गुम्ने खतरा रहेको बताएका हन् ।

सुखानीको बलिदानको स्मृतिमा आयोजित ५० औँ सहिद दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । साथै उनले ओलीले माओवादीको स्वार्थका कारण १७ हजार नेपालीले ज्यान गुमाउनु परेको बताए ।

ओलीले भने, ‘२०५२ सालपछि राजनीतिक स्वार्थका लागि मान्छे मारिए । नेपालमा भएको के थियो ? के प्राप्तिका लागि मारिए ? के प्राप्तिका लागि १७ हजार मारिएको ? बहुदलीय व्यवस्था त छँदै थियो ।’

संविधान सभाकै लागि १७ हजार मान्छे मर्नुपर्छ भन्ने प्रश्न गर्दै ओलीले भने, ‘जनयुद्धले पक्कै राजतन्त्र हटेको होइन होला । नेपाली जनताको जीवनको मूल्य प्रतिक्रियावादीले बुझेनन् । यस्तो शिलशिलाको अन्त्य होस । नेपालमा शान्ति छाओस् अरु कसैको स्वार्थका लागि कसैको जिन्दगी जाने स्थिति बनेको छ ।’ राजनीतिलाई छलछाम र षड्यन्त्रको खेल बनाउ नहुने बताउँदै ओलीले राजनीति आदर्शको विषय बन्नपर्ने बताए । अध्यक्ष केपी ओलीले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिन माग गर्दा २१ जना मानिसको हत्या भएको बताएका छन् ।

‘मदन भण्डारीको हत्या भयो, जीवराज आश्रितको हत्या भयो । त्यस प्रसङ्गमा हामीले छानबिन होस् भनेर माग ग¥यौं । त्यो माग गर्दा मात्रै २१ जनालाई गोली हानेर हत्या गरियो’, अध्यक्ष ओलीको भनाइ छ । आयोग बनाएर छानबिन गरिदेऊ भन्दा झापामा डिल्ली गौतमसहित थुप्रै ठाउँमा हत्या भएको अध्यक्ष ओलीको भनाइ छ । उनले बहुदल आएपछि कांग्रेसले डेमोक्रेसी रक्षाका लागि भन्दै अकारण गोली हानेर मार्ने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्