प्रचण्डसँग देशलाई सही बाटोमा हिँडाउने सामथ्र्य छैन- महासचिव पोखरेल

काठमाडौं, फागुन २१ ।  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल देशको पक्षमा उभिन नसक्ने अवस्थामा पुगेको बताएका छन् ।

विगतमा मानवताबिरुद्धको अपराध गरेका कारण प्रधानमन्त्री दाहाल देश र जनताको पक्षमा उभिनै नसक्नेगरी कायरता प्रदर्शन गर्न पुग्नुपरेको महासचिव पोखरेलको तर्क छ ।

२४ औं यदु स्मृति दिवसको अवसर पारेर आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा अवलम्वन गरेको उग्रवामपन्थी अतिवादका कारण प्रधानमन्त्री दाहालसँग देशलाई सही बाटोमा हिँडाउने सामथ्र्य नै नभएको दावी समेत गरे ।

महासचिव पोखरेलले पाँच दलीय गठबन्धन असफल भएपछि आफूहरुले देशलाई जोगाउनका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाउनु परेपनि उनले त्यसलाई धान्न नसकेको बताए ।

महासचिव पोखरेलले विदेशी चलखेलका कारण मुलुकमा नयाँ समिकरण बनेको भन्दै त्यो राष्ट्र र जनताको पक्षमा नरहेको पटकपटक दोहो¥याए । उनले मुलुकलाई सही बाटोमा अघि बढाउनका लागि देशभक्त, वाम-लोकतान्त्रिक शक्तिहरुबीच बलियो सहकार्यको आवश्यक्ता रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्