जीप दुर्घटना हुँदा दुईको मृत्यु, ११ घाइते

काठमाडौं, फागुन २१ ।  ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा आइतबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएका छन् ।

दियालेदेखि ओखलढुंगा सदरमुकामतर्फ आउँदै गरेको ना १ ज ८४८३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

गम्भीर अवस्थाका घाइतेहरुलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ भने उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्