राज्यबाट पाउने सेवा–सुविधा नपाएको उपसभामुख रानाको गुनासो

काठमाडौं, फागुन १९ ।  प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनु पर्ने सेवा–सुविधा नपाएको गुनासो गरेकी छिन् ।

भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो गुनासो गरेकी हुन् । पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उनको भनाइ थियो ।
राज्यको माथिल्लो निकायमा भ्रष्ट आचरण रहेकै कारण आफूलाई सेवा–सुविधा दिने कुरामा पनि विभेद् र अन्याय भएको भन्दै उनले त्यस्ता गतिविधि सहन नसकिने बताइन् ।

‘पहिला पुरुष उपसभामुख हुँदा आर्मी दिन्थ्यो रे । उहाँहरुलाई चाँही मन्त्रीसरह सुविधा हुन्थ्यो रे । उपसभामुखलाई घर दिने रे भनिएको छ, दिइएको छैन । ३६ हजार निवास भाडा दिइएको छ । आफू ४४ हजार तिरेर बस्नु परेको छ,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्