यो गठबन्धन पाँच वर्ष तलमाथि हुँदैन: गगन थापा

काठमाडौ, फागुन १९ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपति निर्वाचनका लागि बनेको आठ दलीय गठबन्धन पाँच वर्ष तलमाथि नहुने बताएका छन्।

आठ दलका बागमती प्रदेश सभा सदस्यहरुका लागि शुक्रबार काठमाडौंमा गरिएको अभिमुखीकरणका क्रममा उनले यस्तो बताएका हुन्।

साथै थापाले कांग्रेस पार्टी यो पटक सबैभन्दा जिम्मेवारीसाथ अघि बढ्ने पनि उनको भनाइ छ ।उनले यो गठबन्धन फुटाउने गरी एमालेले धराप थाप्न खोजेको पनि आरोप लगाएका छन्।

उनले आठ दलीय गठबन्धनमा रहेका दलहरुसँग एमालेले भोट मागेको कुरालाई केटाकेटी खेल भएको पनि बताए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीतिर लक्षित गर्दै उनको लहडले ५ वर्ष खेर गएको उल्लखे गरे ।।

 

प्रतिक्रिया दिनुहोस्