पीएनजीविरुद्ध नेपाललाई पाँचौ सफलता, दिपेन्द्रले लिए विकेट
काठमाडौँ, फागुन १९ । आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय श्रृखला अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालले पाँचौँ विकेट लिएको छ । प्रतियोगितामा नेपालले पीएनजीमाथि दवाव बढाउँदै लगेको छ । नेपालका लागि पाँचौ विकेट दिपेन्द्रसिह एैरीले लिएका छन् ।
पाँचौ विकेट खस्दा पपुवा न्युगिनी ३६ ओभरमा ५ विकेटको क्षतिमा १२३ रन थियो । टस जितेर पहिला ब्याटिङ रोजेको पपुवा न्यूगिनीको पहिलो विकेट १० ओभरमा ३ बलमा, दोस्रो विकेट १८ ओभरमा ३ बलमा, ३ तेस्रो विकेट २१ ओभरमा ५ बलमा तथा चौथो विकेट २३ ओभरमा खसेको हो ।
नेपालका लागि पहिलो विकेट सन्दीप लामिछानेले, दोस्रो विकेट कुशल मल्लको बलिङमा आरिफ शेखले रन आउट गरे । तेस्रो विकेट सोमपाल कामीले र चौंथो विकेट कुशल मल्लले लिएका हुन् ।
नेपाल ३० खेलमा १३ मा हार र १५ मा जितसहित २८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंकका साथ पुछारमा छ । नेपाललाई शीर्ष ३ मा पर्दै सोझै एक दिवसीय विश्वकप छनोट खेल्न बाँकी सबै ६ खेल जित्नु पर्छ । शीर्ष पाँचमा रहँदै एक दिवसीय मान्यता जोगाउन नेपालले चार जित निकाल्न पर्छ ।
प्रतिक्रिया दिनुहोस्