सातै प्रदेशका सांसदसँग आज अन्तर्क्रिया गर्दै आठ दल

काठमाडौं, फागुन १९ ।  आठ दलले आज सातै प्रदेशका प्रदेश सभा सदस्यहरूसँग अन्तर्क्रिया गर्ने भएका छन् । फागुन २५ मा हुने राष्ट्रपति निर्वाचन केन्द्रित रहेर ८ दलका नेताहरूले प्रदेश सभा सदस्यहरूसँग छलफल गर्न लागेका हुन् ।

यसका लागि नेपाली कांग्रेससहित दलहरूले सबै प्रदेशमा प्रतिनिधि खटाएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवारमा समर्थन गरेका दलहरूले प्रदेश सभा सदस्यहरूसँग राष्ट्रपति निर्वाचन र गठबन्धनबाट भावी केन्द्रीय र प्रदेश सरकार विस्तार र गठनलगायत विषयमा कुराकानी गर्न लागेका हुन् ।

आठ दलले कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बनाएको कार्यदलले सातै प्रदेशमा प्रदेश सभा सदस्यहरूसँग कुराकानी गर्न प्रतिनिधिसमेत खटाएको छ । कांग्रेसका पदाधिकारीहरूले प्रदेशमा हुने छलफलको नेतृत्व गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्