रामचन्द्र पौडेल भन्छन्- ममाथि सबैले भरोसा राखेका छन्

काठमाडौं , फागुन १८ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति उम्मेदवारको रुपमा आफूमाथि सबैले भरोसा राखेको बताएका छन् ।

बिहीबार आठ दलको तर्फबाट राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरी सांसदहरुका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले सबैको माया पाएको बताएका हुन् ।

उनले सबै सांसदहरु आफ्नो उम्मेदवारीप्रति सकारात्मक रहेको बताउँदै सांसदहरुले आफुले संविधानको संरक्षण गर्ने कुरामा भरोसा मानेका पनि उल्लेख गरे ।

उहाँले आफूहरु सरकारमा सहभागि हुने भएपनि मन्त्रालयको सम्बन्धमा भने छलफल भइ नसकेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्