राष्ट्रिय शक्तिहरुलाई एकतावद्ध बनाएर जान आवश्यक : अध्यक्ष नेपाल
काठमाडौं , फागुन १८ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचित हुने राष्ट्रपतिले राष्ट्रिय हीतको प्रवद्र्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्ने औंल्याएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ८ दलीय सांसदहरुको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रष्टताको आवश्यक्ता रहेकोमा जोड दिए ।
उने संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्नेकुरालाई केन्द्रबिन्दुमा राखेर निर्वाचित राष्ट्रपति अघि बढ्नुपर्ने विश्वास व्यक्त गरे । । उनले राष्ट्रका सामु अनेकन चुनौतिहरु आइरहेको उल्लेख गर्दै यसलाई ध्यानमा राखेर राष्ट्रिय शक्तिहरुलाई एकतावद्ध बनाएर जान आवश्यक भएको उल्लेख गरे ।
अध्यक्ष नेपालले अहिलेसम्म प्राप्त भएका अनुभवहरुलाई ध्यानमा राखेर निर्वाचित हुने राष्ट्रपतिले गम्भीर भएर आफ्ना काम गर्ने विश्वास गरेका छन् ।















प्रतिक्रिया दिनुहोस्