गठबन्धन पाँचैवर्ष जान्छ, मन्त्रिपरिषद् गठनको गृहकार्य सुरु भइसक्यो : प्रधानमन्त्री
काठमाडौं, फागुन १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ८ दलीय गठबन्धन पाँचै वर्ष जाने बताएका छन् ।
उनले ८ दलमा आवद्ध सांसदहरुको अभिमूखिकरण कार्यक्रमपछि यस्तो बताएका हुन्।प्रचण्डले मन्त्रिपरिषद विस्तारको गृहकार्य आजैबाट सुरु गर्ने बताए ।
“गठबन्धन पाँचैवर्ष जान्छ, मन्त्रिपरिषद् विस्तारको गृहकार्य पनि सुरु भएको छ,” उनले भने ।
बिहीवार काठमाडौंमा ८ दलीय गठबन्धनका सांसदहरुको अभिमुखीकरण कार्यक्रम भएको छ ।
यताआठ दलले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि सरकार विस्तार गर्ने तथा प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेका छन्।















प्रतिक्रिया दिनुहोस्