प्रधानमन्त्री केपी ओली ३ दिने औपचारिक भारत भ्रमणमा, यस्ता छन् कार्यतालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय टोलीको नेतृत्व सहित आज भारतको तीनदिने औपचारिक भ्रमणमा नेपाल वायुसेवा निगमको नियमित उडानबाट बिहान ९ बजे भारतको राजधानी नयाँदिल्ली जाँदै छन् ।

प्रधानमन्त्री ओलीलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पौने एघार बजे अवतरण गर्नेछन् । प्रधानमन्त्री ओली, पत्नी राधिका र मन्त्रीहरुलाई हैदरावाद हाउसमा बस्ने व्यवस्था मिलाइएको छ । भ्रमण टोलीका अन्य सदस्यहरुलाई ताजमानसिंह होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।

भारत भ्रमणको पहिलो दिन शुक्रबार ओली केही साना कार्यक्रमहरुमा सहभागी हुनेछन् । दिल्ली पुगेलगत्तै उनी ताज होटेलमा भारतीय उद्योगी व्यावसायीहरुसँग अन्तक्र्रिया कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज भारत भ्रमणमा जाँदैछन् । ३ फागुनमा प्रधानमन्त्री भएयता ओलीको यो पहिलो विदेश भ्रमण हो ।

साँझ साढे सातबजे नेपाली दूतावासमा आयोजित रात्रीभोजमा सरिक हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

शनिबार भने प्रधानमन्त्रीको महत्त्वपूर्ण भेटवार्ता हुनेछ । बिहान साढे ९ बजे प्रधानमन्त्री ओलीले राष्ट्रपति रामनाथ कोविन्दसँग भेट गर्नेछन् भने साढे ११ बजे भारतीय समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । त्यसअघि साढे १० बजे भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग उनको भेटवार्ता हुनेछ ।

साँझतिर भारतीय उपराष्ट्रपति, गृहमन्त्री, अर्थमन्त्रीलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।
आइतबार भने प्रधानमन्त्री ओली उत्तराखण्ड जानेछन् र त्यहाँको युनिभर्सिटी अफ् एग्रिकल्चर एण्ड टेक्नोलोजीले दिने मानार्थ महाविद्यावारिधी ग्रहण गर्नेछन् र सोही दिन राति ८ बजे स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीको भारत भ्रमण विशुद्ध द्विपक्षीय सम्बन्ध सुधारका लागि हुने र नयाँ सन्धि–सम्झौतामा हस्ताक्षर नहुने प्रष्ट्याइएको छ ।

प्रधानमन्त्री ओली आइतबार साँझ ६ बजे स्वदेश फर्किने कार्यक्रम रहेको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्