युएईविरुद्ध नेपाललाई दोश्रो सफलता, सन्दिपले लिए विकेट

काठमाडौँ, फागुन १८ । नेपाली राष्ट्रिय क्रिकेटले आइसीसी विश्वकप लिग टू अन्तर्गतको आज नेपालले युएईविरुद्ध खेलिरहेको छ । पहिला बलिङ गरिरहेको नेपालले युएईको दाश्रो विकेट लिएको छ ।

नेपालका लागि सन्दिप लामिछानेले दोश्रो विकेट लिएका हुन् । सन्दिपले वृत्य अरविन्दको विकेट लिएका छन् । अरविन्दले व्यक्तिगत १८ रन बनाएर आउट भए ।

पहिलो ओभरमा नै करण केसीले युएईका मुहमद वासीमलाई शुन्य रनमा आउट गरेका थिए । यो समाचार तयार गरुन्जेल युएईले १५ ओभरमा दुई विकेट गुमाएर ६० रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्