नेम्वाङसहितका एमाले नेताहरु एकीकृत समाजवादीको पार्टी कार्यालयमा, राष्ट्रपतिमा भोट माग्दै

काठमाडौं , फागुन १८ ।  नेकपा एमालेकाबाट राष्ट्रपतिको उमेदवार बनेका पूर्वसभामुख सुवास नेम्वाङले एकीकृत समाजवादीसँग भोट मागेका छन् ।

विहिबार नेम्वाङले काठमाडौंको आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेर आफूलाई भोट हाल्न आग्रह गरेका हुन् ।

नेम्वाङसँग एमाले नेताहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, विमला राई पौड्याल पनि एकीकृत समाजवादीको कार्यालयमा पुगेका थिए ।

नेम्वाङले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव बेदुराम भुसाल, प्रकाश ज्वालासहितका नेताहरूसँग भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्