शर्मिला वाइबाले विष पिइन्, वीर अस्पतालमा उपचार हुँदै
काठमाडौं, फागुन १८ । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन् ।
बुधबार राति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष पिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।
अहिले उनको वीर अस्पतालमा आइसीयुमा उपचार भइरहेको छ । अवस्था चिन्ताजनक नरहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ । उनी बोल्न सक्ने अवस्थामै छिन् । तर विष पिउनुको कारणबारे बताउन अस्वीकार गरेकी छन् ।














प्रतिक्रिया दिनुहोस्