प्रदेश नम्बर–१ को नाम ‘कोशी’ बहुमतले स्वीकृत
काठमाडौं, फागुन १७ । प्रदेश १ को नाम कोशी प्रदेश बहुमतबाट प्रारित भएको छ । प्रदेश १ को प्रदेश सभा बैठकमा ‘किरात लिम्बुवान सगरमाथा’ नामाकरण गर्ने प्रस्ताव अस्वीकृत भएसँगै कोशी बहुमतले प्रारित भएको हो ।
नेकपा (एमाले)का राम रानाले प्रस्ताव गरेको कोशी प्रदेश बहुमतले पारित भएको हो । समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले राखेको प्रस्तावमा राजेन्द्र राईले धारणा राखेपछि सभामुख बाबुराम गौतमले प्रस्ताव पारित गर्ने पक्ष र विपक्षमा मत जाहेर गर्न भनेका थिए ।
प्रदेश एकको नाम कोशी मा ८२ सांसदले हात उठाएर समर्थन गरेका छन् भने विपक्षमा ४ जनाले मात्र हात उठाएका थिए । बहुमतबाट प्रारित भएको कोशी प्रदेशको प्रस्तावलाई अब मतदान प्रक्रियामा लाने संसद सचिवालयले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्