न्याय सम्पादनपूर्व विस्तृत बहस आवश्यक छः महान्याधिवक्ता पोखरेल
काठमाडौं, फागुन १७ । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले अदालतबाट हुने न्याय सम्पादनपूर्व विस्तृत बहसको आवश्यक्ता रहेको बताएका छन्।
मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन्। उनले अदालतबाट हुने न्यायलाई कानून विद्यालयमा अध्ययन गराउनयोग्य किसिमबाट न्याय सम्पादन गर्न जरुरी रहेको बताए।
उनले भने, ‘कानून पत्रिकाले एकेटेमिक परिवेशमा निखारपन ल्याउँछ। भारतमा हामीले अध्ययन गर्दा सोधेका थियौँ । किन तिमीहरुको जर्जमेण्टको विभिन्न जर्जमेण्टहरुको यत्रो चर्चा हुन्छ किन ? भनेर सोध्दा उनीहरुले समयको कुरा हुन्छ भन्थे। सर्वोच्च अदालतबाट एउटा फैसला आउनका लागि एक जना वरिष्ठ अधिवक्ताले २१ दिनसम्म बहस गर्थे, त्यसका आधारमा सर्वोच्च अदालतले फैसला गर्दथ्यो। त्यो फैसला कलेजमा पढाइ हुन्थ्यो र प्रोफेसरहरुले कमेन्ट गर्दथे र कमेन्टलाई ध्यानमा राखेर सर्वोच्च अदालतहरुमा फैसला पुनरावलोकन हुन्थ्यो। उनीहरुले रि करेक्शन गर्दथे। जर्जले आफ्नै जर्जमेण्ट उल्ट्याउँथे। त्यस्तो खालको डिस्कोर्स भयो भने मात्रै जस्टिस डेलिभरिमा नयाँ पन आउँछ। कम्तीमा कानून पत्रिकाले नेपालको अवस्थामा एकेडेमी डिस्कोर्सको लागि जुन छलफल गरेको छ।’
सो अवसरमा कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनले न्याय सम्पादनको क्षेत्रमा अब्बल कानून व्यवसायीहरुलाई सम्मान गरेको थियो















प्रतिक्रिया दिनुहोस्