प्रतिनिधिसभाको बैठक स्थगित, अब चैत ५ गते बस्ने
काठमाडौं, फागुन १७ । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको आजको बैठक आगामी चैत ५ गतेसम्मलाई स्थगित भएको छ।
बुधबार दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक अन्तिम समयमा आएर चैत ५ सम्मलाई सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन्।
बुधबार दिउँसो १ बजेका लागि डाकिएको बैठक विशेष कारण बस्न नसक्ने भएकाले चैत ५ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको संसद सचिवालयका महासचिव डा। भरतराज गौतमले बताए।
बुधबार बस्ने भनिएको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची थियो।















प्रतिक्रिया दिनुहोस्