यू-१९ विश्वकप छनोट: नेपालले आज मलेसियासँग खेल्दै

काठमाडौं, फागुन १६ ।  यूएईमा भइरहेको आईसीसी यू-१९ विश्वकप एसिया छनोट नेपालले आज आफ्नो चौथो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र मलेसियाबीचको खेल हङकङबीचको खेल अमजानस्थित मलेक क्रिकेट ग्राउण्ड-२ मा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।छनोट प्रतियोगिता नेपालले यसअघिका तीन वटै खेल जितेको छ ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा कुवेतलाई २४३ रनको फराकिलो अन्तरले पराजित गरेको । तेस्रो खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको थियो ।

मलेसियाले भने तीन खेल खेल्दा जम्मा एक खेल जितेको छ । दुई खेलमा पराजित भएको थियो ।आजै यूएई र कुवेत तथा सिंगापुर र हङकङबीच खेल हुनेछ ।

नेपाल र यूएई लगातार तीन खेल जित्दै अपराजित छन् । दुवैले समान ६ अंक जोडेका छन् तर रनरेटको आधारमा यूएई शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।

राउण्ड रिन लिग अन्तर्गत भइरहेको छनोट प्रतियोगितामा नेपाल र यूएईबीचको अन्तिम खेल बिहीबार हुनेछ । लिगपछि शीर्ष स्थानको टिम २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपमा छनोट हुनेछ । नेपाल र यूएई विश्वकपमा पुग्ने होडमा छन् ।

प्रतिक्रिया दिनुहोस्