राष्ट्रपति निर्वाचन : आज उम्मेदवारी फिर्ता लिने समय

काठमाडौं, फागुन १६ ।  राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले उम्मेदवारी फिर्ता लिनसक्ने निर्वाचन आयोगले जनाएको छ ।

आजै आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । यसअघि शनिबार उम्मेदवारी दर्ता गरिएको थियो ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमाले नेता सुवास नेम्वाङले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । पौडेललाई नयाँ आठ दलीय गठबन्धनको साथ छ ।

उनी आठ दलका साझा उम्मेदवार छन् । उम्मेदवारी दर्तामा आठ दलका शीर्ष नेता पौडेलका प्रस्तावक र सम्मर्थक बसेका थिए ।

निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्