विश्वकप छनोट: नेपालको लगातार तेस्रो जित
काठमाडौं, फागुन १५ । आईसीसी १९ वर्षमुनिको आईसीसी विश्व कप क्रिकेट एसिया छनोटमा नेपालले हङकङलाई ९ विकेटले हराएको छ । हङकङलाई हराउँदै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो ।
जितका लागि १२१ रनको झिनो लक्ष्य नेपालले २२ ओभर एक बलमा पुरा गर्यो।यस प्रतियोगितमा नेपालको यो तेश्रो जित हो । नेपालले पहिलो खेलमा शुक्रबार सिंगापुरलाई र दोस्रो खेलमा शनिबार कुवेतलाई पराजित गरेको थियो।
अङ्क तालिकामा नेपाल र यूएईको समान ६ अङ्क भए पनि नेट रनरेटको आधारमा यूएई शीर्ष स्थानमा र नेपाल दोस्रो स्थानमा छ ।
प्रतियोगितामा नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कपका लागि छनोट हुनेछ ।
प्रतिक्रिया दिनुहोस्