रिहा भए अभिनेता पल शाह, स्वागतमा उर्लिए समर्थक

काठमाडौं, फागुन १५ । अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् ।

नाबालिक बलात्कारको आरोप लागेपछि पोहोर आजकै दिन अर्थात फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका उनी आज फागुन १५ मै रिहा भएका हुन् ।

शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिएका हुन् । उनीहरुले खादा र माला लगाएर पलको स्वागत गरेका थिए ।

यता सफाइ पाएर रिहा हुन लागेका उनलाई स्वागत गर्न समर्थकहरुको भीड लागेको हो ।शाहको स्वागतका लागि उनका समर्थकको दमौलीमा भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस्