रास्वपा केन्द्रीय समिति बैठक बस्दै, राष्ट्रपतिमा भोट दिनेबारे निर्णय लिने
काठमाडौं, फागुन १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।
बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने बैठकमा राष्ट्रपति निर्वाचन र चितवन-२ मा हुने उपनिर्वाचनको तयारीका विषयमा छलफल हुनेछ ।
स्वतन्त्र पार्टी राष्ट्रपतिको निर्वाचनमा कुनै पनि उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको छैन । कसलाई मतदान गर्ने भन्ने विषयमा बैठकमा छलफल हुने पार्टी उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।
पार्टी सभापति रवि लामिछानेको नागरिकता विवादका कारण सांसद पद गुमेपछि चितवन २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
उपनिर्वाचनमा पुन : लामिछानेले नै उम्मेदवारी दिने तयारी गरेका छन् । त्यसैको तयारीबारे आजको बैठकमा छलफल हुनेछ ।















प्रतिक्रिया दिनुहोस्