सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाई हुने

काठमाडौं, फागुन १५ ।  क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा साेमबार पनि सुनुवाई हुने भएकाे छ ।

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा आइतबार सुनुवाई भएको मुद्दा हेर्दाहेर्दैमा परेकाले साेमबार पनि सोही इजलासमा सुनुवाई हुन लागेको हो ।

नाबालिग बलात्कार मुद्दाका आरोपित लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो ।

लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले दिएको निवेदन र क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने माग गर्दै लामिछानेले दिएको निवेदनलाईसँगै राखेर आइतबार बन्द इजलासमा सुनुवाई भएको थियो ।

प्रतिक्रिया दिनुहोस्