राष्ट्रपतिमा सर्वसम्मति गराउन आफू लागि परेको प्रधानमन्त्रीको दाबी

काठमाडौं , फागुन १४ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा सर्वसम्मति गराउन आफू अझै लागि परेको बताएका छन् ।

आइतबार गोरखको बारपाक सुलिकोट गाउँपालिकामा भएको ‘जनयुद्ध’का प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति सभालाई सम्बोधन प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले राष्ट्रपतिमा सर्वसम्मत भए धेरै राम्रो हुने र त्यसका लागि कोसिस गरिरहेको उल्लेख गरे ।

राष्ट्रपतिमा सर्वसम्मति नभए नयाँ राजनितिक यात्रा स्थायित्व र विकासका निम्ति सहयोगी बन्ने बताउँदै प्रधानमन्त्री दाहालले नेकपा एमालेसँग पनि लगातार कुरा भइरहेकोले २५ गतेसम्म राष्ट्रपतिमा सर्वसम्मतको कोसिस रहने जानकारी दिए ।

राष्ट्रपतिको चुनावको सन्दर्भमा आइपुग्दा आठ राजनितिक दल एक ठाउँमा आएको बताउँदै उनले आफ्नो बाँकी जीवन सुशासन, विकास र देशको समृद्धिको निम्ति खर्चने बताए ।

प्रतिक्रिया दिनुहोस्