नेपाल एपीएफ स्कुल कीर्तिपुर विजयी !
काठमाडौं, फागुन १४ । माघ २५ गतेबाट संचालन भएको सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता आज सम्पन्न भएको छ । योसँगै फाईनल खेलमा आयोजक विद्यालय नेपाल एपीएफ स्कुल, कीर्तिपुरले विजयी हासलि गरेको छ ।
ल्याब्रेटोरी माध्यामिक विद्यालयलाई 1-0 गोल अन्तरले पराजित गरी जित हात पार्न सफल भएको हो । सशस्त्र प्रहरी बल नेपाल मानवश्रोत विभाग प्रमुख एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त मानिरीक्षक नारायणदत्त पौडेल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त फाईनल खेलमा नेपाल एपीएफ स्कुल, कीर्तिपुरको तर्फबाट विकास बोहोराको 1 गोलले आयोजक विद्यालयलाई विजयी बनाएको थियो ।
प्रतियोगिताको मध्यान्तरमा आयोजक विद्यालयका छात्रछात्राहरुले नृत्य तथा कराँते र तेक्वान्दो खेल समेत प्रदर्शन गरेका थिए भने फुटबल प्रतियोगिता समापन पश्चात कार्यक्रमका प्रमुख अतिथि स.प्र.अ.म.नि.श्रीमान् नारायणदत्त पौडेल तथा विशेष अतिथिहरु श्रीमान् स.प्र.ना.म.नि.कालिदास धौवजी, कीर्तिपुर नगरपालिकाका उप-प्रमुख शुभलक्ष्मी शाक्य(सुनिता), अखिल नेपाल फुटबल महासंघका उपाध्यक्ष दावा लामाज्यू र NIC ASIA Bankकेन्द्रिय कार्यालयका बरिष्ठ बैँङ्क मेनेजर रुद्र जोशीबाट विजयी स्कुल तथा विभिन्न विधामा उत्कृष्ट भएका खेलाडीहरुलाई कप, मेडल तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
सोही समारोहमा प्रमुख अतिथिबाट कीर्तिपुर नगरपालिकाका उप-प्रमुख, NIC ASIA Bank प्रतिनिधिहरुलाई, उक्त प्रतियोगिताको विजेता बन्न विद्यालय नेपाल एपीएफ स्कुल, कीर्तिपुरलाई विनर कप, मेडल तथा प्रमाणपत्रहरु प्रदान गरिएको थियो भने विवश वि.क.ले उत्कृष्ट गोल रक्षकको उपाधि हासल गरेका थिए ।
त्यसैगरी उप-विजेता बन्न सफल ल्याब्रेटोरी माध्यमिक विद्यालयलाई फष्ट रनर अप कप, मेडल तथा प्रमाणपत्रहरु प्रदान गरिएको थियो । ल्याब्रेटोरी माध्यमिक विद्यालयका रविन बम्जनले उच्च गोलकर्ताको रुपमा गोल्डेन बुट र विज्ञान खड्काले उत्कृष्ट खेलाडिको उपाधि हासिल गरेका थिए भने फेयर प्ले टिममा बेशिक लर्निङ्ग बोर्डिङ्ग स्कुल, सतुङ्गल पर्न सफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्