प्रचण्डले धोका दिए  : ओली, भन्छन्- ठूलो कचौरामा दूध-भात दिएपछि बिरालो छिमेकीको घरमा जान्छ

काठमाडौं, फागुन १४ ।  नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको आरोप लगाएका छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले जनयुद्ध, सहिद तथा घाइते परिवारलाई धोका दिँदै आएका प्रचण्डले आफूलाई पनि धोका दिएको आरोप लगाएका हुन् ।

आफूले ८० सिट हुँदापनि पदको लोभ नगरेको तर प्रचण्डले ३२ सिट भएर पनि पदका लागि लोभ गरेको ओलीको भनाइ छ । प्रचण्डले एउटा भाषा बोल्ने र काम अर्कै गर्दै आएको समेत बताए ।  साथै ओलीले दाहाललाई बिरालोको संज्ञा दिएका छन् ।

‘ठूलो कचौरामा दूध र भात दिएपछि बिरालो छिमेकमा जानु ठूलो कुरा होइन,’ अध्यक्ष ओलीले भने ।

अध्यक्ष ओलीले विदेशी शक्तिले आफूलाई लखेटिरहेको बताए । ‘विदेशी शक्ति र देशका प्रतिक्रियावादीहरूबाट सबैभन्दा म बढी लखेटिएको छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्