रास्वपाले बोलायो केन्द्रीय कमिटीको बैठक, राष्ट्रपतिमा कसलाई देला मत ?

काठमाडौं, फागुन १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

राष्ट्रपतिमा कसलाई मत दिनेबारे छलफल गर्न बैठक बोलाएको बताइएको छ।यस्तै चितवन– २ मा वैशाख १० गते हुने उपनिर्वाचनको तयारीबारे पनि छलफल हुने बताएको छ ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन्।

सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने विषयमा निर्णय गरिसकेका छैनन्। राप्रपा शनिबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको छ भने रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट बाहिरिएको थियो।

यी दुई दलले राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने विषयमा निर्णय गरिसकेका छैनन्। राप्रपा महामन्त्री धवलसमशेर राणाले अहिले सरकारबाट मात्रै बाहिरिएको उल्लेख गर्दै राष्ट्रपति निर्वाचनमा भोट दिने नदिने विषयमा छलफल हुन बाँकी रहेको बताए। केही दिनभित्रै पार्टीको बैठक बसेर यस विषयमा निर्णय लिइने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्