घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं, फागुन १४ ।  साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार हुँदा साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलामा १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आइतबार चाँदीको मूल्य तोलामा १२६० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदी तोलामा १२७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्