नेपाललाई राष्ट्रपति बनाउने प्रचण्डको प्रस्तावमा कांग्रेस असहमत
काठमाडौं, फागुन १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससहितको चार दलको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकप माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादी र जसपाका शिर्ष नेताहरुको बैठकमा प्रचण्डले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रस्ताव गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डको प्रस्तावमा कांग्रेसले भने असहमति व्यक्त गरेको छ । कांग्रेसले नेता नेपाललाई एक बर्ष प्रधानमन्त्री दिएर राष्ट्रपति कांग्रेसलाई दिन प्रस्ताव गरेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।
बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले भने, ‘राष्ट्रपति निर्वाचनको विषयमा नेपाली काँग्रेस पार्टीले माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी लगायतका दलहरुसँग छलफल गरेको छ । कहिले छुट्टै कहिले तीन दलबीच बैटक बसिरहेको छ । विभिन्न विकल्पहरुको बारेमा छलफल भएको छ । छलफल सकारात्मक छ । हामी टुंगोमा पुग्नेछौँ । थप छलफल गर्न आवश्यक छ भनेर भनेका छौँ । साँझ ५ बजे बस्नेगरी सकिएको छ । हाम्रो ध्यान र प्राथमिकता राष्ट्रपति निर्वाचनका बारेमा नै छ । आज हामी टुंग्याउनै पर्छ । नेपाली काँग्रेसले राष्ट्रपतिमा अन्य राजनीतिक दलहरुले सहयोग गर्छ भन्ने अपेक्षा राखेकै छौं । यसैगरी अन्य दलकोतर्फबाट फरक प्रश्तावहरु आए । तर समझदारीको वातावरण के हो भने हामी एउटै निर्णयमा पुग्छौँ । हामी एकै ठाउँमा उभिन्छौँ भन्नेकुरामा सबै स्पष्ट छौँ । नेपाली काँग्रेसले आफ्नो उम्मेदवार अघि सारेको एउटा प्रश्ताव नेपाली काँग्रेस बाहेकका दलहरुले पनि अर्को प्रश्ताव गर्नुभएको छ । नेपाली काँग्रेसले अन्य दललाई किन सहयोग नगर्ने भन्ने प्रस्ताव आएको छ ।’















प्रतिक्रिया दिनुहोस्