ओलीले खोले ‘केपी बा’ युट्युब च्यानल

काठमाडौं, फागुन १२ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘बा’ नाम गरेको यूट्यूव च्यानल खोलेका छन्। आफ्नो जन्म दिन पारेर अध्यक्ष ओलीले आउने पुस्तालाई सुनाउन आफ्ना अनुभव र स्मरण उक्त यूट्यूव च्यानलमा राखिने बताएका छन्।

युवा पुस्ता ओली ‘बा’ का नामले परिचित छन्। उनलाई पार्टीभित्र धेरै नेताले बाको नामबाट सम्वोधन गर्छन्। आफ्ना सन्तान नभए पनि ओलीले सबै नेता कार्यकर्ता र आम नागरिकलाई अभीभावकीय भूमिका निर्वाह गर्ने गरेको भन्दै उनलाई ‘बा’ का नामले सम्वोधन गर्ने गरिन्छ।

उक्त युट्युब च्यानलमा बिहिबारै ‘ती तीन मृत्यु, जसले मलाई छोएर गए’ शीर्षकको भिडिओ अपलोड गरिएको छ। २५ मिनेट लामो उक्त भिडिओमा ओलीले आफ्नो जीवनमा भएका तीन महत्वपूर्ण घटनाबारे बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्