राष्ट्रपतिको उम्मेदवार छान्न दलहरुको आज निर्णायक वार्ता
काठमाडौं , फागुन १२ । राष्ट्रपति पदको उम्मेदवार छान्न शीर्ष नेताहरूबीच आज निर्णायक वार्ता हुँदैछ ।
शनिबार राष्ट्रपतिका लागि मनोनयन दर्ताको कार्यक्रम रहेकाले दलहरू सकेसम्म आजै बेलुकासम्म साझा उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्नेछन् । त्यसअघि नेपाली कांग्रेससँग पनि वार्ताको तयारी छ ।
यस्तै आज कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बस्ने तयारी भइरहेको छ ।
आजको बैठकले कांग्रेस नेतृत्वको पाँच दलीय पुरानो गठबन्धन ब्युँताउनेबारे अन्तिम प्रयास गर्नेछ ।
कांग्रेसले राष्ट्रपतिको विषयमा निर्णय गर्न भोलि बिहान कार्यसम्पादन समिति बैठक बोलाएको छ ।
आउँदो २५ गते राष्ट्रपतिको चुनाव हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल यही फागुन २८ गते सकिँदैछ ।















प्रतिक्रिया दिनुहोस्