विश्वकप लिग टु मा परेनन् सन्दीप, टिम घोषणा

काठमाडौं, फागुन ११ ।  आईसीसी क्रिकेट विश्वकप लिग टुको युएईमा हुने खेल खेल्न सन्दीप लामिछाने नजाने भएका छन् ।

स्रोतका अनुसार लामिछानेलाई टिम सहभागी गराउने सम्भावना कम छ। बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले युएई जाने खेलाडीको सूची तयार गरेको हो। त्यसमा लामिछानेकाे नाम नरहेको बताइएको छ।

कानुनी अड्चन हुने भएपछि विदेशमा हुने सिरिजका लागि क्यानले सन्दीपको समावेश नै नगरेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार कानुनी समस्याले गर्दा उनलाई टिममा तत्काललाई नराखिएको हो।

नेपालले लिग टु अन्तर्गत १५ देखि २२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग खेल्दै छ। १५ गते पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने नेपाली टोली १३ गते नै युएई जाँदै छ भने सन्दीपको मुद्दाको फैसला १२ गते हुने छ।

नेपाली टिम
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, आरिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, श्याम (मौसम) ढकाल, गुल्सन झा र प्रतिश जिसी ।

प्रतिक्रिया दिनुहोस्