सरकारले हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनायो: ओली

काठमाडौं, फागुन ११ ।  सत्ता साझेदार प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा सार्वजनिक बिदा दिएर राष्ट्रिय दिवसको रुपमा मनाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

आफ्नो जन्मदिनको अवससरमा ओलीको निजी निवास भक्तपुरको बालकोटमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले बुद्धले शान्तिको प्रवर्तन गरेको भन्दै बुद्धको देशमा हिंसा स्वीकार्य नहुने बताए ।बिहीबार नै जन्मदिन मनाइरहेका ओलीले सम्बोधनका क्रममा नेपालभित्र आन्तरिक द्वन्द्व र आन्तरिक कलह अब नेपाली जनतालाई स्वीकार्य नभए बताए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपालले असहिष्णु र निषेधको राजनीतिलाई पराजित गरेको बताएका छन् ।

नेपालले संविधान जारी गरेर पनि निषेधको राजनीतिलाई पराजित गरेको बताए । पुस १० गते बनेको सात दलीय गठबन्धन सरकारमा खटपटको प्रष्ट संकेत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटबाट दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्