डीआईजी अशोक सिंहले दिए राजीनामा
काठमाडौं, फागुन १० । प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् ।
बुधबार प्रहरी प्रधान कार्यालयमा उनले राजीनामा बुझाएको प्रहरी स्रोतले बताएको छ । सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख रहेका सिंह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको दौड थिए । उनको जन्ममिति विवादमा परेपछि सिंहले राजीनामा दिएका हुन् ।
सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक परेपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको थियो ।
सिंहले पेश गरेको २२ जेठ २०४२ मा जारी नागरिकता प्रमाण पत्रको प्रतिलिपिमा उनको उमेर १८ वर्ष उल्लेख छ । जिल्ला प्रशासन कार्यालय, कैलालीबाट जारी नागरिकता अनुसार उनको जन्ममिति २०२४ हुनुपर्ने हो ।
प्रहरी प्रधान कार्यालयको विवरणमा नागरिकता अनुसार उनको जन्ममिति २२ जेठ २०२४ हुने उल्लेख छ ।














प्रतिक्रिया दिनुहोस्