बाजुरामा ५.२ म्याग्निच्युडको भूकम्प
काठमाडौं, फागुन १० । बाजुरा जिल्लामा भूकम्पको धक्का महसुस भएको छ। बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएकाे हाे।
बाजुराको विछ्या आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख डा. मुकुन्द भट्टराईले बताए। भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म आएको छैन।
यसअघि माघ १० गते बाजुरामै केन्द्रबिन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो।















प्रतिक्रिया दिनुहोस्